पिसावमा संक्रमणका कारण पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पुन अस्पताल भर्ना


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर पिसावमा भएको संक्रमणका कारण पुन अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको र छिट्टै घर फर्किने जनाइएको छ

केही दिन अगाडि उहाँको मस्तिष्कमा भएको दवाव कम गर्न उहाँलाई अस्पताल भर्ना गरिएको थियो । त्यतीबेला जर्जियाको घरमा लडेपछि भएको रक्तश्रावका कारण उहाँको मस्तिष्कमा दवाव सृजना भएको थियो ।

केही दिन अगाडि पनि आफ्नै घरमा लडेपछि पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको थियो । जर्जियाको आफ्नै घरमा लड्नुभएका कार्टरको हड्डी टुटेको थियो ।

गत महिना ९५ बर्षमा पाइला टेक्नुभएका कार्टर अक्टोबरको पहिलो साता पनि चर्च जानका लागि तयार हुँदै गर्दा लडनुभएको थियो । उहाँलाई त्यतीबेला १४ टाँका लगाउनुपरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व राष्ट्रपति कार्टर कलेजो र दिमागको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाको क्यान्सर सन् २०१५ मा निको भएको थियो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्नुहुन्न । उहाँ निरन्तर गरिबी जनताको जीवन उकास्न काम गरिरहनुभएको छ । कार्टर र उहाकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आउनुभएको छ ।

१ अक्टोबर १९२४ सालमा जन्मनुभएका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुनुहुन्छ । यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com