बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल


प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार

बलात्कारको झुठो आरोप लगाउने दुई महिलालाई जेल चलान गरिएको छ । कैलाली जिल्ला अदालतले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खोज्ने दुईजना महिलालाई कैद सजाय सुनाउँदै कारागार चलान गरेको हो ।

जिल्ला न्यायधिश बाबुकाजी बाँनियाको इजलासले गत मंसिर ११ गते जबरजस्ती करणीको मुद्दामा फैसला सुनाउँदै दुईजना महिलालाई कैद सजाय तोकेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका ५ का दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली एक महिलालाई एक महिना कैद सजाय सुनाइएको छ । प्रतिवादीका अनुसार त्यस्तै कैलालीको गौरीगंगा नगरपालिका २ का श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली एक महिलालाई पनि दुई महिना कैद सजाय सुनाइएको छ ।

अदालतले उनीहरुले झुठो मुद्दा हालेर निर्दोष पुरुषलाई फसाउन खोजेको भन्दै कैद सजाय सुनाएको हो । पछिल्लो समय कानूनको गलत प्रयोग गरी प्रहरीमा जबरजस्तीकरणीका झुठा मुद्दा दर्ता गर्ने क्रम बढेको  छ । जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका अनुसार बलात्कार र जबरजस्तीकरणी सम्बन्धीका झण्डै ९० प्रतिशत मुद्दा बनावटी र झुठा हुने गरेका छन् ।

कानूनको गलत प्रयोग हुन नदिन समाजका सबै सरोकारवाला निकाय सचेत बन्न आवश्यक रहेको उनी बताउँछन् । उनले त्यसका लागि समाजमा सचेतनामुलक कार्यक्रम चलाउन आवश्यक रहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com