अमेरिकाको न्यु ओर्लियान्समा आइतबार विहान गोली चल्दा ११ जना घाइते भएका छन् । बन्दुकधारीले न्यु ओर्लियान्सको फ्रेन्च क्वाटर नजिकै क्यानल स्ट्रीटमा गोली चलाउँदा उनीहरु घाइते भएका हुन् ।
१० जना घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचारका लागि लगिएको छ भने एकजना घाइते आफै हिडेर अस्पताल पुगेका थिए । गोली चलाउने व्यक्तिलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।
शरिरका विभिन्न भागमा गोली लागेका केही व्यक्तिको अवस्था गम्भिर रहेको छ । आइतबार बिहानै घटनाबारे फोन आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । उक्त क्षेत्रमा धेरै व्यक्तिहरु रहेकाले कस्ले गोली चलाएको हो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।