अमेरिकाको न्यु ओर्लियान्समा गोली चल्यो, ११ घाइते


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

अमेरिकाको न्यु ओर्लियान्समा आइतबार विहान गोली चल्दा ११ जना घाइते भएका छन् । बन्दुकधारीले न्यु ओर्लियान्सको फ्रेन्च क्वाटर नजिकै क्यानल स्ट्रीटमा गोली चलाउँदा उनीहरु घाइते भएका हुन् ।

१० जना घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा उपचारका लागि लगिएको छ भने एकजना घाइते आफै हिडेर अस्पताल पुगेका थिए । गोली चलाउने व्यक्तिलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

शरिरका विभिन्न भागमा गोली लागेका केही व्यक्तिको अवस्था गम्भिर रहेको छ । आइतबार बिहानै घटनाबारे फोन आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । उक्त क्षेत्रमा धेरै व्यक्तिहरु रहेकाले कस्ले गोली चलाएको हो भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com