अज्ञात समूहले स्थानीयवासीका बाख्रा काट्दै गाईगोठमा आगजनी


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

भोजपुरको पूर्वी क्षेत्रमा पर्ने अरुण गाउँपालिका–६ मा अज्ञात समूहले स्थानीयवासीका बाख्रा काट्दै गाईगोठमा आगजनी गरेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । केही समयअगाडि स्थानीयवासीको गोठमा बाँधिएका सातवटा बाख्रा काटिएसँगै गाईवस्तु बाँधिएको गोठमा समेत रहस्यमय ढङ्गले आगलागी भएपछि स्थानीयवासीमा त्रास बढेको हो ।

अरुण गाउँपालिका–६ सिमटारका स्थानीयवासी धनकृष्ण राईको गोठमा मध्यरातमा आगो लगाएको स्थानीयवासीको भनाइ छ । स्थानीयवासीले जानजान आगो लगाएको तथा त्यही समूहले बाख्रा काटेको भन्दै छानबिनको माग गरेका छन् । स्थानीय अम्बर विश्वकर्माले भन्नुभयो, “घटनाक्रम हेर्दा नियोजित रुपमा यो घटना घटाइएको छ, यसलाई प्रशासनले गम्भीर रुपमा छानबिन गर्नुप¥यो ।”

गाउँका स्थानीयवासीमा त्रास बढेसँगै केही दिनअघि सङ्घीय सांसद सुदन किराँती, प्रदेशसभा सांसद राजेन्द्र राई, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरले सो स्थानको अनुगमन गरेका छन् । मध्यरातमा भएको आगलागीबाट दुईवटा गोरु मरेका थिए भने अन्य दुई गोरु डढेर घाइते भएका छन् । आगलागीबाट रु पाँच लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

प्रहरीले बाख्रा काटेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने आगलागीको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । स्थलगत अनुगमनका लागि पुग्नुभएका प्रजिअ नूरहरि खतिवडाले दुई घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै स्थानीयवासीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभयो । प्रजिअ खतिवडाले भन्नुभयो, “यो घटनाको विषयमा हामी गम्भीर छौ, यो घटना नियोजित होस् या भवितव्य त्यसको हामी अनुसन्धान गर्छौं, जसका लागि तपाईंहरुले पनि सहयोग गर्नुप¥यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुगमनका लागि घटनास्थल पुगेका सङ्घीय सांसद सुदन किराँतीले अमानवीय कार्य भएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । सांसद किराँतीले भन्नुभयो, “यो घटना अत्यन्तै अमानवीय छ, यसले स्थानीयवासीमा त्रास बढेको छ, स्थानीयवासीको कुरा सुन्दा र घटनाक्रमलाई हेर्दा घटना नियोजित जस्तो देखिएको छ, छानबिनका लागि मैलै निर्देशन दिएको छु ।” 

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले घटनाका पीडितलाई गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार सहयोग गर्ने बताउनुभयो । साथै उहाँले छानबिन गर्न आग्रहसमेत गर्नुभयो । अध्यक्ष कार्कीले भन्नुभयो, “हामीले पीडितलाई सहयोग गर्न भनेका छाँै, उहाँहरुको निवेदन आएपछि हाम्रो नीति तथा कार्यक्रमअनुसार सहयोग गर्छौं ।”

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले दुवै घटनाको गहिरो अनुसन्धान भइरहेको बताउँदै सो क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाएको जानकारी दिनुभयो । आवश्यक प्रमाण जुटाउन घटनाको विषयमा गोप्यरुपमा जानकारी दिन स्थानीयवासीलाई आग्रहसमेत गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com