ब्लाक फ्राइडे : कुन कुन स्टोरमा कस्तो सेल ?


प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार

आज अमेरिकाका विभिन्न स्टोरहरुमा ब्लाक फ्राइडे सेल चलिरहेको छ । कुन कुन स्टोरमा कस्तो कस्तो सेल छ ? थाहा पाउनुहोस् ।

एडिडासले नोभेम्बर ३० सम्मका लागि विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ट्याकसुट, हुडी लगायतका सामानमा ४० प्रतिशत र ज्याकेट लगायतका न्यानो सामानमा ५० प्रतिशतसम्म छुट छ ।

चर्चित स्टोर बनाना रिपब्लिकनमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यदि तपाई बनाना रिपब्लिकनको कपडाहरु मन पराउनुहुन्छ भने तपाईका लागि सुनौलो मौका छ ।

द बडी सपमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो छुट डिसेम्बर ४ सम्म नै लागु हुनेछ । बटर, सावर जेल लगायतका सामाग्रीमा विशेष छुट छ । प्राय सावर जेलको मूल्य ५ डलरमा झरेको छ ।

हस पप्पीजमा विभिन्न प्रकारका आकर्षक जुत्ताहरुमा ४० प्रतिशत छुटको व्यवस्था छ । अझ त्यसा पनि ब्लाकफ्राइडे कोड प्रयोग गरेर थप २० प्रतिशत छुट पाउन सक्नुहुनेछ ।

नाइकी जुत्ताको पारखी हुनुहुन्छ भने विभिन्न प्रकारका नाइकी जुत्तामा ५० प्रतिशतसम्म छुटको व्यवस्था छ । अझ त्यसमा सिजनएमभीपी कोड प्रयोग गरेर थप २५ प्रतिशत छुट पाउन सक्नुहुनेछ ।

नर्थ फेसको ज्याकेट किन्नेहरुलाई पनि सुनौलो अवशर छ । नर्थ फेसले २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो अफर डिसेम्बर २ सम्म नै जारी रहनेछ ।

अमेजनमा आज दिनभर ब्याल फ्राइडे सेल चलिरहेको छ । तपाले अमेजनको यो पृष्ठमा गएर कुनकुन सामाग्रीमा छुट छ हेरेर मज्जाले किन्न सक्नुहुनेछ ।

त्यस्तै एप्पलमा एयरपड प्रोमा छुट छ । २५० डलरको उक्त सामान तपाईले २३५ डलरमा किन्न सक्नुहुनेछ । त्यस्तै १९९ डलरको वायरलेस चार्ज केस १५५ डलरमा झरेको छ ।

बेड बाथ एण्ड वियोण्डमा किचन लगायत घरायासी सामानहरुमा ३९ प्रतिशतसम्म छुटको व्यवस्था छ । बेष्ट बाईमा टिभी ल्यापटप लगायतका सामाग्रीमा भारी छुटको व्यवस्था रहेको छ ।

कोहेल्स स्टोरमा पनि भारी छुटका साथ सामानको बिक्रि भइरहेको छ । त्यसमा पनि गिभथ्यांक्स कोड प्रयोग गरेर थप १५ प्रतिशत छुट लिन सकिनेछ ।

मेसीजमा माइकल कोर्सको ब्यागमा ८० डलरसम्म छुटको व्यवस्था छ । ज्याकेट, जुत्ता लगायतका कैयन सामाग्रीहरुमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था छ ।

टार्गेटले कैयन सामानमा विश्वास लाग्न नसक्नेगरी डोरबुस्टर राखेको छ । त्यो बाहेक सामाग्रीहरु भारी छुट छ । त्यस्तै वालमार्टमा पनि भारी छुटका साथ सामान बिक्रि भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com