अमेरिकाको राज्यप्रहरीबाट रोबर्ट कुकुरको प्रयोग, यस्ता छन् रोबर्ट कुकुर


प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार

अमेरिकी प्रहरीले लामोसमयदेखि कुकुरको प्रयोग गर्दै आएको छ र रोबर्टको पनि प्रयोग गर्दै आएको छ ।

तर मासाचुसेट्सको स्टेट प्रहरीले रोबर्ट कुकुरको प्रयोग सुरु गरेको छ । यस्तो रोबर्ट कुकुरको प्रयोग गर्ने मासाचुसेट्स प्रहरी पहिलो अमेरिकी कानुन कार्यान्वयन निकाय हो ।

बोस्टन डानामिक्सबाट राज्यको बम निस्कृय पार्ने टोलीले त्यस्ता रोबर्टहरु सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रयोगमा जनाइएको छ । बन्दुकधारीहरु लुकेर बसेको स्थान वा अन्य शंकास्पद स्थानमा त्यस्ता रोबर्टहरु प्रयोग गर्न सकिने जनाइएको छ ।

त्यस्ता रोबर्टहरु दुईवटा घटनामा प्रयोग भइसकेको प्रहरीले पुष्टी गरेको छ । ती रोबर्टहरु कुकुरजस्तै देखिन्छन् भने हातले सामान उठाउन र ढोका खोल्नसमेत सक्छन् ।

ब्रुनो मार्सको गीतमा नाच्दै रोबर्ट कुकुर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com