अमेरिकाकौ सबैभन्दा बृद्ध महिला न्युयोर्क निवासी अलेलिया मर्फीको ११४ बर्षको उमेरमा निधन भएको छ । उनी गत जुलाईमा ११४ बर्षको उमेरमा प्रवेश गरेकी थिइन् भने सबैभन्दा बृद्ध जीवित अमेरिकनको उपमा पाएकी थिइन् ।
न्युयोर्कको हार्लमकी ल्याण्डमार्कका रुपमा परिचित उनको निधनको कारणबारे भने केही बताइएको छैन । निधन हुँदा उनी ११४ बर्ष १ सय ४० दिनकी थिइन् ।
मर्फीको जन्म अमेरिकाको नर्थ क्यारोलिनामा भएको हो । उनी पछि न्युयोर्कको म्यानहटनमा बसाई सरेकी हुन् । उनी सन् १९५३ मा विधवा भएकी थिइन् ।
मर्फीको निधनपछि अब सबैभन्दा बृद्ध अमेरिकीमा साउन क्यारोलिनाका हेस्टर फोर्ड पहिलो नम्बरमा आएका छन् । उनको उमेर ११४ बर्ष १ सय ५ दिन रहेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
विश्वकै सबैभन्दा बढी उमेरका जीवित व्यक्तिमा जापानकी केन तानाका रहेकी छिन् । उनी आगामी जनवरी २ मा ११७ बर्षमा प्रवेश गर्दैछिन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।