विप्लव समूहका भोजपुर सेक्रेटरी बम विष्ट कारागार चलान


प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार

मंसिर ११, भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा जेसिबीमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजानी गर्नुका साथै हातहतियार, विस्फोटक पदार्थलगायत अपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५, खावा घर भएका जिल्ला सेक्रेटरी विष्टलाई भोजपुर नगरपालिका–१०, भैँसीपङ्खाको गजुरमुखी भिरछेउको जङ्गलबाट गत असोज ५ गते पक्राउ परेको थियो । पक्राउ परेका विष्टको साथबाट प्रहरीले दुई थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल दुई थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com