भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार


प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार

मंसिर १०, बुटवल । प्रदेश ५ सरकारले सुरु गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार गर्ने लक्ष्यसहित होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जिल्लागत भ्रमण पूरा गरेको छ ।

संघका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वमा ३७ सदस्यीय टोलीले कपिलवस्तु हुँदै वर्दियासम्मका जिल्लाको भ्रमण गरी भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको जानकारी गराएको हो ।

टोलीले कपिलवस्तुको चन्दौटा, दाङ्गको भालुवाङ्ग र लमही, बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायी संघ तथा बर्दियाको ईको टुरिजम फोरमसंग अलगअलग भेटघाट गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउन र सडक खाना महोत्सवको प्रचारप्रसार एवं निमन्त्रणा गर्ने काम गरेको भ्रमण दलका संयोजक तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव कुमार खनालले बताए ।

लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन होटल व्यवसायीले खेल्नुपर्ने भूमिकाका बारेमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी जिल्लामा आयोजित भेटघाट कार्यक्रममा जानकारी गराएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसै गरी व्यवसायिक संस्था बीचको भगिनी सम्बन्ध, आन्तरिक पर्यटनको प्रवद्र्धन लगायतका विषयमा भ्रमणका क्रममा जानकारी गराइएको थियो ।

संघले आगामी पुष १४ गते देखि १६ गते सम्म ३ दिने बुटवलमा दोस्रो सडक खाना महोत्सव गर्ने कार्यक्रममा सहभागिताका लागि व्यवसायीहरुलाई निमन्त्रणा गर्नुका साथ महोत्सवको प्रचारप्रसार गरिएको संघका प्रथम उपाध्यक्ष बाब्राम गौतमले बताए । गत वर्षको अनुभवलाई मध्यनजर गरि यस वर्षको सडक खाना महोत्सवलाई थप व्यवस्थित गरिने महासचिव खनालले बताए । खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराइ ३ करोडको कारोबार गर्ने लक्ष्य लिएको संघले जनाएको छ । –रवीन्द्र गुप्ताको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com