गरिबका घर बनाउन र जीवन यापनका लागि विश्वकै धनी जेफ बेजोसले दिए १० करोड डलर


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

विश्वकै धनीमध्येका एक अर्बपति ब्यापारी जेफ बेजोसले घरबारविहिनहरुलाई सहयोग गर्न झण्डै १० करोड अमेरिकी डलर (झण्डै १० अर्ब नेपाली रुपैया) डोनेशन गरेका छन् । विश्वकै धनी बन्नका लागि बेजोसको बिल गेट्ससँग प्रतिस्पर्धा भइरहेको छ । उनलाई हालै बिल गेट्सेले उछिनेपछि उनी विश्वका दोश्रो धनी ब्यापारी बनेका थिए ।

बेजोसले घरबारविहिनलाई सहयोग गर्ने २३ राज्यका विभिन्न ३२ संघसंस्थाहरुलाई ९८ मिलियन डलर सहयोग गरेका हुन् । झण्डै १ सय ३ बिलियन डलरका मालिक बेजोसले २ बिलियन डलर बेजोस डे वान फण्डमार्फत परोपकारमा खर्च गर्ने घोषणा गरेका थिए । उनले घरबारविहिनलाई सहयोग र अमेरिकाभर बालबालिकाहरुका लागि मन्टेश्वरी प्रभावित विद्यालय निर्माणका लागि खर्चिने योजना बनाएका थिए ।

गतबर्ष पनि बेजोसले विभिन्न १६ राज्यका २४ संस्थाहरुलाई घरबारविहिनलाई सहयोगका लागि ९७ मिलियन डलर डोनेशन गरेका थिए । प्रत्येक संस्थाले सवा मिलियनदेखि ५ मिलियनसम्म प्राप्त गरेको जनाइएको छ ।

५५ बर्षका बेजोस सन् २०१८ मा १६० बिलियन डलरको सम्पत्तिका मालिक बनेर विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । सन् १९९८ देखि फोब्र्सको धनीहरुको सुचीमा परेका बेजोसको सम्पत्ति त्यतीबेला १ दशमलव ६ बिलियन रहेको थियो ।

तर उनले पत्नीसँग गरेको डिभोर्सका कारण उनले अमेजनको चौथाई सम्पत्ति श्रीमतिलाई दिनुपरेको थियो । उनकी श्रीमति अहिले ३२ दशमलव ७ बिलियन सम्पत्तिका साथमा विश्वका २० धनीमा पर्छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com