ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको देउवाको टिप्पणी ‘अशोभनीय’


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

प्रधानमन्त्री  केपी शर्मा ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार गरेको टिप्पणी अशोभनीय भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर देउवाले दिएको पछिल्लो अभिव्यक्तिबारे  विभिन्न टीकाटिप्पणी भइरहेका छन्।

शनिबार पोखरामा भएको चुनावी सभामा बोल्दै देउवाले सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको बताएका थिए । । देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरेका थिए ।

‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भनेका थिए, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन ।’

चार पटक प्रधानमन्त्री बनिसकेका देउवाले शनिवार दिएको अभिव्यक्ति ‘अशोभनीय’ भएको राजनीतिशास्त्री कृष्ण पोखरेलको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“राजनीति गर्नुपर्छ, तर विदेश नीतिको मामिलामा राजनीति गर्दा त्यो खालको विभाजनकारी विचार तात्कालिक राजनीतिक फाइदाका लागि व्यक्त गर्नु हुँदैन,” उनले भने।

कतिपय विषयमा पर्याप्त अध्ययन, अनुसन्धान नगरी नेपाली नेताहरूले अभिव्यक्ति दिँदा उनीहरू विवादमा पर्ने गरेको अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमको ठम्याइ छ। “भारतले प्रधानमन्त्री ओलीसँग परामर्श गरेर नक्सा सार्वजनिक गरेको हो भन्ने कुरा कतैबाट पनि लाग्दैन,” गौतमले भने।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com