सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि ढाँचा तयार गरेको छ । झण्डै पाँच वर्षदेखि सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा जुटेको कामपाले यस चालू आर्थिक वर्षमा भने निर्माणको काम थाल्ने जानकारी गराएको छ ।

कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले २० प्रकारको ढाँचा तयार भएको र तयारीमध्ये आवश्यक स्थान र बजेटको आधारमा निर्माणको काम शुरु गर्ने तयारी रहेको छ । उपाध्यक्ष बस्नेतले भने, ‘यसरी बनाइएका ढाँचामा एक पटकमा एक जनाका लागि मात्र उपयुक्त हुनेदेखि एकैपटक तीन जनासम्मले प्रयोग गर्न सक्ने खालका, शौच कार्यका साथै नुहाउन मिल्ने खालका पनि छन्, यिनीहरु सबैको पहुँचयुक्त हुन्छन् ।’ उनका अनुसार यसरी बनाइएका डिजाइन कम्तीमा रु १५ लाख र बढीमा रु एक करोड लागतका छन् ।

शौचालयको समस्या समाधान भयो भने काठमाडौँमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने भन्दै उपाध्यक्ष बस्नेतले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको बताए ।

शहरमा सार्वजनिक शौचालय निर्माण गर्ने कुरासँगै यसको दिगो उपयोग गर्ने कुरा, शौचालयबाट निष्काशन भएको फोहर व्यवस्थापनको कुरा महत्वका साथ समाधान गरिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौँ उपत्यकामा ११५ सार्वजनिक शौचालय रहेका र त्यसमा कामपामा ५८ रहेका छन् । कामपामा रहेकामध्ये २८ मात्र प्रयोगमा छन् । अन्य पानीको अभाव र फोहरका कारण प्रयोगविहीन रहेको कामपाले जनाएको छ । प्रयोगमा भएकाको पनि सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड प्राप्त नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रयोग अनुकूल नहुनुजस्ता समस्या रहेको छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com