पर्वतमा सुन्तला उत्पादन सात प्रतिशतले बढ्ने


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष सात प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ६५० मेट्रिक टन सुन्तला उत्पान हुने भएको हो । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र असिनापानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ । गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले वृद्धि भएको थियो । पर्वतमा ७७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको रेग्मीले जानकारी दिए । किसानले मल, किटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको रेग्मीले बताए ।

कृषकले व्यावसायिकरूपमा खेती गर्न थाल्नु, सुन्तला खेती गर्ने क्षेत्रफलसमेत वृद्धि हुँदै जानुले वर्षेनी उत्पादन बढ्दै गएको रेग्मीको भनाइ छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा सबैभन्दा बढी बाँसखर्कमा झण्डै यस वर्ष रु पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । यी दुईवटै गाउँका कृषकको मुख्य पेशा नै सुन्तला बनेको छ ।

पर्वत जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौँ, काकडभिट्टा, बुटवललगायतका शहरमा निर्यात हुँदै आएको छ ।

कृषकको बोटमै सुन्तला खरीद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए । जलजलाको बाँसखर्कमा माघ लागेपछि मात्र सुन्तला टिप्न शुरु हुन्छ ।

अन्य क्षेत्रबाट पनि सुन्तला बिक्री शुरु भइसकेको कृषकले जनाएका छन् । यस वर्ष बोटबाटै प्रति किलो रु ६० का दरले सुन्तला बिक्री हुन थालेको देउपुरका कृषक बाबुराम शर्माले जानकारी दिए ।

केन्द्रका अनुसार गत जेठमा परेको असिनापानीका कारण कुश्मा नगरपालिका–११ पकुवाको छापा र मोदी–५ बाजुङमा क्षति पु-याएको थियो । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com