न्युयोर्कको ब्रोंक्समा ट्रेनको लिकमा फ्याकिएका युवालाई लगियो अस्पताल


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

शुक्रबार विहान न्युयोकको ब्रोंक्समा ट्रेन पर्खिरहेका एकजना २१ बर्षीय युवालाई एकजना आक्रमणकारीले हथौडा प्रहार गर्नुका साथै उचालेर ट्रेनको लिकमा फ्याकेका छन् । ती युवाले ट्रेन स्टेशनमा डी ट्रेन कुरिरहेका थिए ।

आक्रमणकारी ती युवामाथि समलैंगिकता जनाउने अपशब्द प्रयोग गर्दै हथौडा बोकेर जाइलागेको जनाइएको छ । काखीमा हथौडाले हानेपछि ट्रेन स्टेशनको लिकमा टिपेर फ्याकेको प्रहरीको भनाई छ ।

ट्रेनको लिकमा फ्याकिएका व्यक्तिले हतारहतार आफै त्यहाँबाट बाहिर निस्कन सफल भएका थिए । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उनको बाँया आँखीभौंनेर गहिरो चोट लागेको जनाइएको छ ।

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान गरिरहेको छ । घटनालाई सम्भावित घृणा अपराधका रुपमा हेरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com