मालपोतका प्रमुख ५ लाख घुससहित पक्राउ


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

मंसिर ६, काठमाडौं । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले बताए । सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com