कांग्रेसको आरोप : सरकारले अख्तियारलाई शाही आयोग बनाउन खोज्यो


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

file photo

मंसिर ६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले सरकारको चर्को आलोचना गरे । संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै उनले भने, अख्तियारलाई शाही आयोग बनाउँदैछ ।’

स्वतन्त्र न्यायालय भयो भने सरकारले गलत गरेपनि ठीक गर्न सकिने उनको तर्क छ ।

तर नेपाल बार एशोसिएसनको चुनाव आफ्नै कारण हारेको भन्दै उनले असन्तुष्टि जनाए । बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, त्यो सम्भावना गयो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com