न्युयोर्कमा ४, ५ र ६ ट्रेन चढ्न अब मेट्रोकार्ड नचाहिने, २०२० भित्र सबैमा लागु


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

न्युयोर्कमा ग्रयाण्ड सेन्ट्रल टर्मिनलदेखि ४२ स्ट्रीट र एटलान्टिक एभिन्युहुँदै बारक्ले सेन्टरसम्म ४, ५ र ६ ट्रेन चढ्न मेट्रोकार्ड नचाहिने भएको छ । केबल मोबाइल फोनबाट एप्पल पेको प्रयोग गरेर सहज तरिकाले नै ट्रेन चढ्न सकिने भएको छ ।

तपाईको आइफोनमा वालेट एपमा गएर क्रेडिट वा डेविट कार्डलाई एप्पल पेमा कनेक्ट गरेपछि वान मेट्रो न्युयोर्क बोर्डमा एप्पलपे ट्याप गरेर ट्रेन चढ्न सकिनेछ । अब तपाईको आइफोन नै तपाईको मेट्रोकार्ड हुने भएको छ भने उक्त क्षेत्रबाट ट्रेन चढ्दा मेट्रोकार्ड किन्ने झन्झटबाट यात्रुहरु मुक्त भएका छन् ।

तर यो एकपटक ट्रेन चढ्नेहरुका लागिमात्र बढी उपयोगी छ । अनलिमिटेड ट्रेन चढ्नेहरुका लागि कार्डको प्रयोग सस्तो हुनेछ । यद्यपी एकपटक चढ्नेका लागि भने कार्डको तुलनामा यो सस्तो र सहज छ ।

यो एप्पल पेका अतिरिक्त गुगल पे, सामसुङ पे र फिटबिट पेमा पनि उपलब्ध छ । पिन अनिवार्य नभएका र वाइफाइजस्तो संकेत भएका बैंककार्डबाट पनि सिधा ट्रेन चढ्न सकिने भएको छ । भिसा, मास्टर कार्ड र अमेरिकन एक्सप्रेसमार्फत ट्याप एण्ड गो प्रणालीमार्फत ट्रेन चढ्न सकिनेछ ।

२०२० भित्रमा न्युयोर्कका सबै बस र ट्रेनहरुमा यो प्रणाली लागु गरिने भएको छ । त्यसपछि न्युयोर्कमा कुनै पनि स्थानमा ट्रेन चढ्नका लागि मेट्रोकार्डको आवश्यकता पर्नेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com