डिसेम्बर २० सम्म सरकारी खर्च चलाउन विधेयक पारित, टर्यो सरकार शटडाउनको सम्भावना


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

अमेरिकी सिनेटले सरकारी खर्च चलाउनका लागि अस्थायी खर्च विधेयक पारित गरेको छ । जसका कारण विहिबार रातीदेखि सरकार शटडाउन हुनसक्ने सम्भावना टरेको छ । अब यो विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेका छन् । अब डिसेम्बर २० सम्म सरकार शटडाउन हुनेछैन ।

सरकारका संघीय निकाय संचालनका लागि सिनेटमा पेश गरिएको यो विधेयकका पक्षमा ७४ र विपक्षमा २० मत खसेको थियो । अमेरिकी संसदको तल्लो सदनले मंगलबार गत मंगलबार यो विधेयक पारित गरेको थियो ।

यो बर्षमात्र अमेरिकी संसदबाट सरकार शटडाउन हुनबाट जोगाउन दुईपटक अस्थायी खर्च विधयेक पारित भइसकेको छ । गत सेप्टेम्बर २७ मा ट्रम्पले सातहप्ता अर्थात् नोभेम्बर २१ सम्मका लागि अस्थायी खर्च विधेयकमा हस्ताक्षर गरेका थिए ।

सरकार शटडाउन भएमा अमेरिकाका कैयन संघीय निकायहरु बन्द गर्नुपर्ने अवस्था आउँछ । अमेरिकी अध्यागमन अदालतदेखि विभिन्न निकायहरु बन्द हुँदा त्यसबाट सर्वसाधारणमा समेत प्रत्यक्ष मार पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बर्ष सरकार शटडाउन हुँदा एसाइलमका अदालती बर्षौपछि सरको थिए, जसबाट कैयन नेपालीहरु प्रभावित भएका थिए । शटडाउनका अधिकांश अध्यागमन अदालतहरु बन्द भएपछि शटडाउनको समयमा तोकिएका एसाइलमका सुनुवाईहरु स्थगीत भएका थिए ।

सरकारी शटडाउन भएमा अमेरिकी विदेश मन्त्रालय, न्याय, अर्थ, यातायात र होमल्याण्ड सेक्युरिटीका कैयन कर्मचारीहरु यसबाट प्रभावित हुन्छन् । झण्डै २१ लाख कर्मचारीहरुमध्ये कुनै न कुनै रुपमा झण्डै ८ लाख कर्मचारीहरु प्रभावित हुन्छन् र आधाजस्तो कर्मचारीहरु विना तलव घरमा बस्नुपर्ने अवस्था आउँछ ।

सरकार शटडाउनका हुँदा आइआरएस बन्द हुन्छ । जसबाट ट्याक्सको काम प्रभावित हुन्छ । सबै संघीय आयोगहरुका फोनकलहरु उठ्दैनन् । पार्क, संग्राहालय र राष्ट्रिय चिडियाघरहरु बन्द हुन्छन् । तर युएससीआईएस, हुलाक लगायतका सेवाहरु भने सुचारु नै हुन्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com