सामान्य प्रशासनमन्त्री त्रिपाठी भने- कर्मचारी समायोजनमा देखिएका समस्या समाधान गर्छु


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

मंसिर ५, काठमाण्डौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्ने बतौए ।

बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका मन्त्री त्रिपाठीले दिउँसो सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहण गर्दै सञ्चारकर्मीमाझ स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए ।
मन्त्री त्रिपाठीले स्थानीय तहमा संस्थागत आर्थिक सुशासन कायम गराउन समेत जोड दिने बताए । उनले महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा समेत जोड दिने पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com