ट्याक्सी चढेर घरतर्फ लागे गोकर्ण विष्ट


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

मंसिर ५, काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर घरतर्फ गएका छन् । नवनियुक्त श्रममन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन गएका निवर्तमान मन्त्री विष्ट त्यहाँबाट ट्याक्सी चढेर आफ्नो घर सामाखुशीतर्फ फर्किएका हुन् ।

उनका प्रेस सहयोगी मदन खनालका अनुसार मन्त्रालयबाट पैदल आएका विष्टले सिंहदरबार गेट अगाडि गुडिरहेको ट्याक्सी रोकेर चढेका हुन् । विष्टले मन्त्री हुँदा लिएको गाडी बिहीबार विहानै फिर्ता गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com