सर्लाहीमा मौरीको टोकाइबाट एकको ज्यान गयो


प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार

मंसिर ५, सर्लाही । वन मौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा १ बालककोे ज्यान गएको छ भने पाँच घाइते भएका छन् ।

बाँसघारीमा रहेको मौरीले चिल्दा स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

अन्य पाँच जनाको जिल्ला अस्पताल सर्लाहीमा उपचार गरी थप उपचारको लागि वीरगञ्ज पठाइएको छ । मौरीको टोकाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रवीकुमार राय, २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका हुन् ।

बाँस घारीमा रहेको जंगली मौरीलाई बालबालिकाले ढुंगा हानेपछि खेतमा काम गरिरहेकाहरुलाई टोकेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com