न्युयोर्कका नेताले आफूसँग गलत ब्यवहार गरेको भन्दै ट्रम्पले फ्लोरिडामा सारे स्थायी ठेगाना


प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो स्थायी निवास औपचारिक रुपमा नै परिवर्तन गरेका छन् । ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको स्थायी र प्राथमिक ठेगाना अब फ्लोरिडाको मार ए लागो रिसोर्ट भएको छ । फ्लोरिडाको भोटर रजिस्ट्रेशन फाइल अनुशार उनीहरुले त्यहीको मतदाता नामावलीमा आफ्नो नाम लेखाएका छन् ।

राष्ट्रपति बनेदेखि ट्रम्प वाशिङटन डीसीस्थित ह्वाइट हाउसमा बसिरहेका छन् । तर उनको स्थायी ठेगाना भने न्युयोर्कस्थित ट्रम्प टावर नै रहदै आएको थियो । ट्रम्प राष्ट्रपति बनेदेखि नै उनका नीतिहरूको आलोचना गर्ने प्रदर्शनकारीहरूले न्युयोर्कस्थित ट्रम्प टावरबाहिर प्रदर्शन शुरू गरेका थिए । त्यसले गर्दा ट्रम्पले शहरका अधिकारीहरूसँग विवाद गर्ने गरेका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैमात्र ट्रम्पले एउटा ट्वीट गर्दै फ्लोरिडाको पाम बीचमा रहेको १६००, पेन्सिलभेनिया एभेन्यु अब आफ्नो परिवारको स्थायी निवास हुने बताएका थिए । न्युयोर्कवासीहरूले आफूलाई माया गरेको तर हरेक वर्ष करोडौं डलर कर तिरेपनि राज्यका नेताहरूले आफूसँग गलत व्यवहार गरेको ट्रम्पले बताएका छन् । ट्रम्पले स्थायी निवास परिवर्तन गर्ने घोषणा गरेलगत्तै न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले छुटकारा पाएको लेखेका थिए ।

ट्याक्सका कागजातको विषयलाई लिएर समेत ट्रम्प न्युयोर्कका नेताहरुसँग रुष्ट रहेका छन् । ट्रम्पका ट्याक्स फाइलका कागजातहरु संसदले मागेको खण्डमा दिन सकिने भन्दै न्युयोर्क राज्यले ट्रस्ट एक्ट पारित गरेको थियो । ती कागजातहरु अमेरिकी संसदमा पुग्न नदिन ट्रम्प संघर्षरत रहेका छन् ।

 

उनले ट्याक्सका कागजात संसदमा पुग्नबाट रोक्न वासिंटन डिसीको अदालतमा मुद्दा समेत दायर गरेका थिए । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले नै नियुक्त गरेका संघीय न्यायाधिसले न्युयोर्क राज्यलाई ट्याक्सफाइलका कागजात संसदसमक्ष बुझाउनबाट रोक्न वासिंटन डिसीमा मुद्दा दायर गर्न नसकिने निष्कर्ष सहित ट्रम्पको मुद्दा खारेज गरिदिएका थिए ।

त्यसपछि ट्रम्प सर्वोच्च अदालतमा गएका थिए । सोमबार सर्बोच्च अदालतले एक आदेश दिदै ट्रम्पका ट्याक्सका कागजातहरु सार्वजनिक हुनबाट अस्थायी रोक लगाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com