फ्लोरिडामा २ करोड डलरका दुई नौका क्षणभरमै जलेर खरानी


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

अमेरिकाको फ्लोरिडा लाखौं डलर मूल्य दुई नौका क्षणभरमा नै जलेर खरानी भएका छन् । दुईवटा नौका जल्दा कम्तीमा पनि २० मिलियन डलरको क्षति भएको जनाइएको छ ।

आगो निभाउनका लागि ६० जना अग्नीनियन्त्रकहरु खटिएका थिए । जसका कारण नजिक रहेका अरु नौकामा आगो फैलिन पाएन । र थप क्षति हुनबाट जोगियो ।

घटनामा कोही पनि घाइते नभएको जनाइएको छ । १ सय फिट अग्लो नौकाबाट सुरुभएको आगोको ज्वाला नजिकै रहेको अर्को एकसय फिट अग्लो नौकामा फैलिएको थियो ।

शनिबार भएको आगलागीको घटनापछि कर्मचारीहरु आइतबार पनि भग्नावशेषहरु हटाउन काम गरिरहेका छन् । आगलागी भएको नौका निर्माणाधिन रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com