‘नेक टु नेक’ प्रतिस्पर्धापछि रिपब्लिकन गढ लुजियानामा डेमोक्रेटिक गभर्नर विजयी


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

नेक टु नेक प्रतिस्पर्धापछि रिपब्लिकन गढ मानिने लुजियानामा डेमोक्रेटिक गभर्नर दोश्रो कार्यकालका लागि विजयी भएका छन् । जोन बेल एडवार्डले रिपब्लिकन उम्मेदवार एडी रिस्पोनलाई शनिबारको चुनावमा ५१ प्रतिशत मत ल्याएर पराजित गरेका हुन् ।

एडवार्डले सन् २०१६ को चुनावमा पनि गभर्नर पदमा विजय हासिल गरेका थिए तर त्यसभन्दा अगाडि सन् २००८ देखि सन् २०१६ सम्म रिपब्लिकन नेता बबी जिन्दल त्यहाँका गर्भनर रहेका थिए ।

रिपब्लिकन पकड रहदै आएको लुजियाना ‘डिप रेड स्टेट’ हो । सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुजियानामा २० प्रतिशत बढी मतले जितेका थिए भने यो राज्यमा उनको स्वीकृति दर अहिलेपनि ५० प्रतिशतभन्दा धेरै छ । लुजियानाबाट प्रतिनिधित्व गर्ने दुबै सिनेटरहरु रिपब्लिकन हुन् ।

यस अगाडि राज्यको संसददेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवारले जितेका थिए । त्यसमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रियपात्र मानिने म्याट वेभिनले केन्टकीमा गभर्नर पदमा चुनाव हारेका थिए भने डेमोक्रेटिक उम्मेदवार एण्डी बशीरले गभर्नर पदमा विजय हासिल गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्टकीमा गभर्नर पदमा नै रहेका रिपब्लिकन म्याट वेभिनका पक्षमा मत माग्न राष्ट्रपति ट्रम्प एकदिन अगाडि पुगको थिए भने लुजियानामा समेत उनले गत हप्ता लास्ट मिनेट भिजिट गरेका थिए । ट्रम्पको कुनै पनि प्रयास प्रयास काम लागेन ।

त्यस्तै नोभेम्बर ५ मा भएको निर्वाचनमा भर्जिनियाको संसदका दुबै सदनमा रिपब्लिकनको पकड तोड्दै डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको थियो । भर्जिनियामा राज्य संसद र गभर्नर अफिसमा डेमोक्रेटिक पार्टीले एकैपटक नियन्त्रण कायम गरेको सन् १९९३ यता यो नै पहिलो पटक हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com