‘नेक टु नेक’ प्रतिस्पर्धापछि रिपब्लिकन गढ लुजियानामा डेमोक्रेटिक गभर्नर विजयी


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

नेक टु नेक प्रतिस्पर्धापछि रिपब्लिकन गढ मानिने लुजियानामा डेमोक्रेटिक गभर्नर दोश्रो कार्यकालका लागि विजयी भएका छन् । जोन बेल एडवार्डले रिपब्लिकन उम्मेदवार एडी रिस्पोनलाई शनिबारको चुनावमा ५१ प्रतिशत मत ल्याएर पराजित गरेका हुन् ।

एडवार्डले सन् २०१६ को चुनावमा पनि गभर्नर पदमा विजय हासिल गरेका थिए तर त्यसभन्दा अगाडि सन् २००८ देखि सन् २०१६ सम्म रिपब्लिकन नेता बबी जिन्दल त्यहाँका गर्भनर रहेका थिए ।

रिपब्लिकन पकड रहदै आएको लुजियाना ‘डिप रेड स्टेट’ हो । सन् २०१६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लुजियानामा २० प्रतिशत बढी मतले जितेका थिए भने यो राज्यमा उनको स्वीकृति दर अहिलेपनि ५० प्रतिशतभन्दा धेरै छ । लुजियानाबाट प्रतिनिधित्व गर्ने दुबै सिनेटरहरु रिपब्लिकन हुन् ।

यस अगाडि राज्यको संसददेखि केन्द्रीय संसदसम्म रिपब्लिकनले जित्दै आएको केन्टकीमा गभर्नर पदमा डेमोक्रेटिक उम्मेदवारले जितेका थिए । त्यसमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रियपात्र मानिने म्याट वेभिनले केन्टकीमा गभर्नर पदमा चुनाव हारेका थिए भने डेमोक्रेटिक उम्मेदवार एण्डी बशीरले गभर्नर पदमा विजय हासिल गरेका थिए ।

केन्टकीमा गभर्नर पदमा नै रहेका रिपब्लिकन म्याट वेभिनका पक्षमा मत माग्न राष्ट्रपति ट्रम्प एकदिन अगाडि पुगको थिए भने लुजियानामा समेत उनले गत हप्ता लास्ट मिनेट भिजिट गरेका थिए । ट्रम्पको कुनै पनि प्रयास प्रयास काम लागेन ।

त्यस्तै नोभेम्बर ५ मा भएको निर्वाचनमा भर्जिनियाको संसदका दुबै सदनमा रिपब्लिकनको पकड तोड्दै डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको थियो । भर्जिनियामा राज्य संसद र गभर्नर अफिसमा डेमोक्रेटिक पार्टीले एकैपटक नियन्त्रण कायम गरेको सन् १९९३ यता यो नै पहिलो पटक हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com