संखुवासभामा गोरुले हान्दा महिलाको ज्यान गयो


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

मंसिर ०१, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका—११ हरेलो गाउँमा गोरुले हानेर एक महिलाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय ७३ वर्षीया वृद्धा फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए ।

उहाँका अनुसार, शनिबार बिहान आफैँले पालेको गोरुले हानेर गम्भीर घाइते भएकी शेर्पालाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । शेर्पाको उपचारकै क्रममा अस्पतालमा नै ज्यान गएको हो ।

मृतकको शव पोस्ट मार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com