एक इन्च पनि नेपाली भूमि कसैलाई मिच्न दिँदैनौँ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : मंसिर १, २०७६ आईतबार

मंसिर ०१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि कसैलाई मिच्न नदिने र अरूको भूमि पनि आफूलाई नचाहिने बताएका छन् । आइतवार सत्तारूढ नेकपाको भातृसङ्गठन युवा सङ्घको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता हुनुपर्ने बताउँदै यो सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको जिकिर गरेका छन् ।

हामीलाई अरूको जमिन चाहिएन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजाऊन् । हाम्रो जमिनमा सेना नराख्नुहोस फिर्ता लानुहोस्, हाम्रो आग्रह छ, उनले भने । प्रधानमन्त्री ओलीले विश्व शान्तिका लागि नेपाली सेना पठाइने गरेको स्मरण गर्दै नेपाल शान्तिको पक्षमा रहेको र छिमेकीसँग तनाव नहोस् भन्ने चाहेको पनि बताए ।

‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् । सरकार सम्वाद गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउँछ । सीमा अहिले मिचिएको होइन । तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com