सान डिएगो नरसंहार : छाडेकी श्रीमति र ४ बालकलाई गोली हानेपछि आफैलाई गोली


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

शनिबार विहान सान डिएगो प्याराडाइज हिल क्षेत्रमा भएको गोलीकाण्डमा ३१ बर्षीय पुरुषले सम्बन्ध बिग्रिसकेकी श्रीमति र ४ बालकलाई  गोली हानेपछि आफैलाई गोली हानेको प्रहरी अनुसन्धानले पुष्टी गरेको छ । उक्त व्यक्तिले २९ बर्षीय महिला र चारजना बालकलाई गोली हानेपछि आफैलाइै गोली हानेका थिए ।

आफ्नो टाउकोमा आफै गोली हानेका उनको घटनास्थलमा नै मृत्यु भएको थियो । त्यस्तै महिला र ३ बर्षका बालकको पनि घटनास्थलमा नै मृत्यु भएको थियो । ५ र ९ बर्षका दुईजना बच्चालाई अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको थियो । अर्का एकजना ११ बर्षीय बालकको भने अस्पतालमा उपचार भइरहेको छ ।

गोली हान्ने व्यक्ति ती महिलाका सम्बन्ध विग्रिएका पति रहेको पुष्टी भएपनि ती व्यक्ति बालकका पिता भए नभएको भने जानकारी प्राप्त भएको छैन । पारिवारिक विवादका कारण घटना भएको अनुसन्धानबाट खुलेको छ ।

शनिबार विहान भएको घटनामा ७ बजे घटनास्थलमा प्रहरी पुग्दा ६ जनामाथि गोली लागेको पाइएको थियो जसमध्ये ५ जना मृत अवस्थामा रहेका थिए । घटनाको जानकारी पाएको एकमिनेटभित्रै प्रहरी पुगेको थियो । अगाडिको ढोकाबाट कुनै रेस्पोन्स प्राप्त नभएपछि प्रहरीले पछाडिको झ्यालबाट भित्रको दृश्य हेर्दा एकजना बालक रगतमा लतपतिएको देखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलबाट एउटा हातेबन्दुक बरामद भएको छ । घटनास्थल एलिमेन्टरी स्कुल नजिकै रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com