अनुशासन तोडेपछि ४ राष्ट्रिय फुटबलर बर्खास्त


प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार

कार्तिक ३०, काठमाण्डौ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेतको खेलअगाडि चार खेलाडीलाई टिमबाट बर्खास्त गरेको छ ।

बर्खास्तीमा पर्नेहरुमा विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रहेका छन् ।

उनीहरु शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ। एन्फाले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई कारबाहीस्वरुप टिमबाट बर्खास्त गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com