क्यालिफोर्नियामा ५ विद्यार्थीलाई गोली हान्ने १६ बर्षीय बन्दुकधारीको पनि मृत्यु


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

क्यालिफोर्नियामा ५ विद्यार्थीलाई गोली हान्ने १६ बर्षीय बन्दुकधारी नाथानियल बरहाउको मृत्यु भएको प्रहरीले जनाएको छ । बन्दुकधारीको गोली प्रहारबाट लस एन्जसलको हाइस्कुलमा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।

बन्दुक चलाउने १६ बर्षीय नाथानियल ।

विहिबार भएको उक्त गोलीकाण्डमा बन्दुकधारी नाथानियल सुरुमा आफैले चलाएको गोलीबाट घाइते भएपनि शुक्रबार उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । नाथानियलको टाउकोमा आफैले चलाएको गोली लागेको थियो । उनको शुक्रबार बेलुका पूर्वीय समय अनुशार साढे ६ बजे निधन भएको जनाइएको छ ।

बन्दुकधारीको गोलीबाट ज्यान गुमाउने १५ बर्षीया विद्यार्थी ।

विहिबार बन्दुकधारी नाथानियलको जन्मदिन समेत रहेको थियो । बचेको गोली उनले आफ्नै टाउकोमा हानेका थिए । बन्दुकधारीको उद्देश्य भने रहस्यमय रहेको छ । अनुसन्धानकर्ताहरुले बन्दुकधारीको सामाजिक सञ्जाल र पृष्ठभूमि परिक्षण गरिरहेका छन् ।

नाथानियल आमासँगै बस्दै आएका थिए भने उनका पिताको सन् २०१७ मा निधन भएको थियो । बन्दुकधारी र मृतक तथा घाइतेबीच विद्यार्थी हुनेबाहेक कुनै सम्बन्ध रहेको देखिन्न । बन्दुक चलाउने बेलामा नाथानियलले कसैले नलखेटेको र आसपासमा हुनेहरु गोलीको शिकार भएको देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com