उद्योगी रुपज्योती थुनामुक्त


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

कार्तिक २९, काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुपज्योती थुनामुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई ठगी मुद्दा चलाउनुपर्ने नदेखिएको रायसहित मिसिल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पठाउने निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले रुपज्योतीलाई हाजिरी जमाना छाड्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्र लेखेर पठाइएको बताए । सरकारी वकिलको पत्र आएसँगै रुपज्योतीलाई नियमअनुसार छाडिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

गत २१ कात्तिकमा विज्ञेन्द्रकृष्ण मल्लको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी सुरुची ज्योति सिंगापुरबाट नेपाल फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । मल्ल र ज्योति परिवारबीच कुरा मिलेर मुद्दा फिर्ता लिने सहमति भएको बताइएको छ । २०७५ मंसिर १६ मा मल्लले रुपज्योतिसहितका ११ जनाले उनको १ करोड २६ लाख ठगी गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com