गुल्मीमा ३ जनाको हत्या गर्ने दुई अभियुक्त सार्बजनिक


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

कार्तिक २९, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबको पहिचाहनसँगै प्रहरीले ३ जनाको हत्या गर्ने हत्यारा सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार पत्रकार भेटघाटको आयोजना गरेर बेवारिसे शबको पहिचाहन र हत्या गर्ने हत्यारालाई सार्बजनिक गरेको हो ।

हत्यारामा संलग्न बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरे बस्ने ४६ वर्षिय पूर्ण बहादुर सुनार र १९ वर्षिय माधव सुनारलाई सर्बाजनिक गरेको छ । अन्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी)राजेन्द्रसिंह खड्काले बताए । कार्तिक १६ गते शनिवार बेवारिसे अबस्थामा फेला परेको शबको हत्यारा पक्राउ परेसँगै पहिचान भएको हो ।

हत्या हुनेहरुमा मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भइ हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षिय सरिता भन्ने शिबमाया लिम्बु र उनका ७ वर्षिय जुमल्या छोरी जंगा र जमुना रहेको प्रहरीले सार्बजनकि गरेको छ । दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो [सीआईबी] र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । फेला परेका ३ वटै शबलाई पोष्ट मार्टम पछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पतालमा राखिएको थियो । शबको पहिचाहन भएसँगै पोष्टमार्टम पछि परिवारका आफन्तलाई बुझाइने प्रहरी उपरिक्षक खड्काले बताए । हत्या गर्नुको मुख्य कारण कर्तव्य गरी मारेको प्रहरीले खुलाएको छ । तिन जनाको निर्मता पूर्वक हत्या गरि कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा शब फेला परेको थियो । सर्बजनिक गरिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com