अमेरिकाका आप्रवासी मैत्री सहरको सुचीमा मध्यपश्चिमी क्षेत्रका सहरहरुले नेतृत्व लिएका छन् । न्यु अमेरिकन इकोनोमीले विभिन्न मापदण्डका आधारमा आप्रवासी मैत्री सहरको सुची प्रकाशित गरेका छन् ।
विभिन्न ५१ वटा मापदण्डहरुका आधारमा आप्रवासीमैत्री सहरहरुको सुची प्रकाशित गरिएको हो । आप्रवासी नीतिदेखि लिएर आप्रवासीहरुका लागि भाषाको पहुच लगायतका विभिन्न मापदण्डका आधारमा सुची तयार गरिएको हो ।
सुचीमा पहिलो नम्बरमा शिकागो परेको छ । त्यस्तै दोश्रो नम्बरमा क्यालिफोर्नियाको चुलाभिष्टा परेको छ । तेश्रोमा जर्सी सिटी, चौथोमा सान फ्रान्सिस्को, पाँचौंमा बाल्मिोर र छैठौंमा न्युयोर्क परेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
त्यस्तै सातौं नम्बरमा सान होजे, नेवार्क र अनाहेम परेका छन् । आठौंमा लस एन्जलस र पोर्टल्याण्ड परेका छन् । नवौं नम्बरमा फिलाडेल्फिया र दशौंमा वासिंटन डिसी परेका छन् ।
त्यस्तै ११ औंमा क्लिभल्याण्ड, १२ औंमा सिनसिनाटी, ग्रिन्सबोरो र सान डिएगो परेका छन् । १३ औंमा शियाटल, १४ औंमा डेट्रोइट, १५ औं फ्रिमन्ट, रिभरसाइड र सेक्रोमेन्टो परेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।