कर सम्बन्धी कागजातबारेका निर्णय उल्ट्याउन ट्रम्पको माग


प्रकाशित मिति : कार्तिक २८, २०७६ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको एउटा फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्। न्यूयोर्कस्थित अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धान अन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई तिरिएको भनिएको रकमबारेको अनुसन्धान अन्तर्गत ती कागजपत्र माग गरिएका हुन्। आफ्ना कर सम्बन्धी कागजपत्र सार्वजनिक गर्न अस्वीकार गर्ने ट्रम्प दशकौं यताका एक मात्रै अमेरिकी राष्ट्रपति हुन्।

आफ्ना कर सम्बन्धी विवरणलाई गोप्य राख्ने यो राष्ट्रपति ट्रम्पको सबैभन्दा पछिल्लो प्रयास हो। यसै महिनाको सुरूमा न्यूयोर्कको एउटा अदालतले अभियोजकहरूले ट्रम्पको लेखा हेर्ने फर्मबाट उनको व्यक्तिगत र व्यापारिक दुवै सूचना माग गर्न कानूनी सूचना जारी गर्नसक्ने उल्लेख गरेको थियो।

उक्त फौजदारी अनुसन्धान ट्रम्पसँग सम्बन्ध रहेको भनिएका दुई महिलालाई त्यसलाई गोप्य राख्न दिएका रकमको बिषय जोडिएको बताइन्छ। ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका वकिलहरूले चाँहि राष्ट्रपति पदमा बाहाल रहेका बेला उनीविरूद्ध फौजदारी अनुसन्धान हुन नसक्ने जिकिर गरिरहेका छन्। उनीहरूले सर्वोच्च अदालतले उक्त संवैधानिक विषयलाई राष्ट्रपतिले पाउने उन्मुक्तिसँग जोडेर हेर्नुपर्ने माग गरिरहेका छन्। उनका वकिलहरूले शुक्रबार सर्वोच्च अदालतमा संसदीय समितिले माग गरेका कर फिर्ता सम्बन्धी कागजपत्र हस्तान्तरण गर्न बन्देज लगाउन माग गर्दै अर्को मुद्दा दायर गर्ने ठानिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com