आजको महाअभियोग अनुसन्धान सुनुवाईमा ट्रम्पबिरुद्धका नयाँ दावी


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग अनुसन्धान सुनुवाईका क्रममा आज थप नयाँ दावीहरु सार्वजनिक भएका छन् । एकजना उच्चस्तरीय अमेरिकी कुटनीतिज्ञले ट्रम्पबाट जो बाइडेनबारेको युक्रेनी अनुसन्धानकाबारेमा प्रत्यक्ष सोधिएको खुलासा गरेका छन् ।

यसअगाडि युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले जो बाइडेनबारे अनुसन्धानका लागि ट्रम्पले दवाव दिएको कुरा आफ्ना एकजना कर्मचारीलाई बताइएको जनाएका थिए । तर सार्वजनिक सुनुवाईका क्रममा बिल टेलरले आफ्ना एकजना कर्मचारीले राष्ट्रपति ट्रम्पबाट जो बाइडेनबारे अनुसन्धानका लागि सोधपुछ गरेको फोन कल सुनेको बताएका छन् ।

उक्त फोन कल युरोपियन युनियनकालागि अमेरिकी राजदूत गोर्डन सोनल्याण्डसँगको थियो । गोर्डनले किभको एउटा रेष्टुरेण्टबाट डोनाल्ड ट्रम्पसँगको कुराकानीमा युक्रेनियनहरु अगाडि बढ्नका लागि तयार रहेको बताएका थिए । उक्त फोनकल सुनेका कर्मचारीले गोर्डनलाई युक्रेनका बारेमा ट्रम्पको सोंचबारे सोधेका थिए ।

ती कर्मचारीलाई जवाफ दिदै गोर्डनले राष्ट्रपति ट्रम्पले बाइडेनको अनुसन्धानबारे चासो राखेको बताएका थिए । यसैबीच रेष्टुरेण्टबाट गरिएको फोनकलको सुरक्षाको विषयमा पर्यवेक्षकहरु र पूर्व अधिकारीहरुले सचेत गराउँदै रसियन खुफियाहरुले फोनकल सार्वजनिक गर्नसक्नेबारे चेतावनी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालै राजदूत गोर्डन सोनल्याण्डबारे ट्रम्पलाई सोधिएकोमा ट्रम्पले भने अफूले गोर्डनलाई मुस्किलले चिन्ने बताएका थिए । आफूलाई त्योबारे कुनै कुरा थाहा नभएको र यस्तो कुरा पहिलोपटक सुनेको ट्रम्पले बताएका थिए । ट्रम्पले आफूलाई त्यस्तो फोनकलबारे कुनै याद नभएको बताएका थिए । आगामी साताको सुनुवाईमा गोर्डन सोनल्याण्डलाई नै उपस्थीत गराइने भएको छ ।

आजको सुनुवाईमा अर्का उच्च कुटनीतिज्ञ जर्ज केन्टसँग समेत बयान लिइएको थियो । उनले ट्रम्पका नीजि वकिल रुडी गिलानीले युक्रेनका लागि अमेरिकी राजदूत मेरी योभानोभिचको बदनाम गर्न अभियान चलाएको बताएका छन् । योभानोभिचलाई युक्रेनबाट फिर्ता बोलाउनु अगाडि यस्तो अभियान चलाइएको केन्टको भनाई छ ।

अमेरिकी संसदको प्रतिनिधिसभाको छानविन समितिले गरेको सुनुवाई अमेरिकामा प्रमुख टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । अर्को सुनुवाई नोभेम्बर १५ तारिख शुक्रबार गर्ने जनाइएको छ । अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हो ।

रिपब्लिकन र डेमोक्र्याट दुवै पक्षले यो प्रक्रियाभरि उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्। रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई कू गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन्।

संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम शिफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई परम्परागत गुन्डाहरूबीच भएको कुराकानीको सङ्ज्ञा दिएका थिए। सुनुवाइमा संलग्न उक्त समितिका रिपब्लिकन सदस्य एरिक साल्वेलले मङ्गलवार त्यस्तै भाषा प्रयोग गरे।

उनले भने – ‘प्रत्यक्षदर्शीहरूका निम्ति अमेरिकी जनताअगाडि प्रस्तुत हुने र उनीहरूको यो धन्दामा जे देखियो त्यो सबैलाई भन्ने बेला आएको छ।’

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो। यदि तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाइ गर्नुपर्ने बाध्यता हुनेछ। तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।

यो मुद्दामा ट्रम्पको दलको पकड रहेको उक्त सदनबाट त्यो पारित हुने सम्भावना कमजोर देखिन्छ। केवल दुई राष्ट्रपतिलाई अमेरिकाको इतिहासमा महाभियोग लगाइएको थियो। तर दुवै जनाविरुद्ध न अभियोग पुष्टि भयो न उनीहरू पदमुक्त भए।

ट्रम्पबिरुद्धको महाअभियोगको मामला हजारौं पृष्ठका बयानहरु र घण्टौंका सार्वजनिक जटिल भएको छ । धेरै अमेरिकीहरूलाई युक्रेनको सहभागिताबारे जानकारी छैनभने डेमोक्र्याटहरुले यो विषय पाच्य बनाउन थप संघर्ष गर्नुपर्ने देखिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com