ट्रम्पबिरुद्धको महाअभियोग छानविन सुनुवाई : कुटनीतिज्ञ केन्टको बयान सुरु (लाइभ)


प्रकाशित मिति : कार्तिक २७, २०७६ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग छानविनबारेको संसदीय सार्वजनिक सुनुवाईमा कुटनीतिज्ञ जर्ज केन्टको बयान सुरु भएको छ । उनले अमेरिकाको आन्तरिक मामला छानविनको लागि विदेशीलाई गुहार्नु गलत भएको बताएका छन् । यसअगाडि प्रतिनिधिसभाको अनुसन्धान समितिका अध्यक्ष आदम सिफले सुरुवाती मन्तब्य दिएका थिए भने त्यसपछि रिपब्लिकन सांसद डेभिड नुन्सले बोलेका थिए ।

महाअभियोग अनुसन्धानको आजको सार्वजनिक सुनुवाईमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत बिल टेलर र अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइदै छ । अमेरिकी संसदको प्रतिनिधिसभाको छानविन समितिले गरेको सुनुवाई अमेरिकामा प्रमुख टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

 

एबीसी, सीएनएन, फक्स, एमएसएनबीसी ,सीबीएस, एनबीसी र पीबीएस लगायतका टेलिभिजन च्यानलले विभिन्न प्लेटफर्महरुमार्फत छानविनको प्रत्यक्ष प्रशारण गरिरहेका छन् । महाअभियोग अनुसन्धानको सार्वजनिक सुनुवाईमा युक्रेनका लागि कार्यवाहक अमेरिकी राजदूत र अमेरिकी विदेशमन्त्रालयका डेपुटी एसिस्टेन्ट सेक्रेटरी जर्ज केन्टको बयान लिइदै छ ।

आजको सार्वजनिक सुनुवाईपछि अर्को सुनुवाई नोभेम्बर १५ तारिख शुक्रबार गर्ने जनाइएको छ । अनुसन्धानको केन्द्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा युक्रेनका राष्ट्रपतिलाई फोन गरेर जो बाइडेनबारे अनुसन्धान गर्न दवाव दिएको विषय रहेको छ ।

अमेरिकी इतिहासमा महाअभियोग छानविनको सार्वजनिक सुनुवाईको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको यो नै पहिलोपटक भने होइन । राष्ट्रपति रिचर्ड निक्सन र बिल क्लिन्टनबिरुद्धको महाअभियोग छानविनको पनि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो । ट्रम्पबिरुद्धको महाअभियोग छानविनको सन्दर्भको प्रत्यक्ष प्रशारण अमेरिकी इतिहासमा तेश्रो हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com