Follow @khasokhasmag

९५ बर्षीय पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना हुनुभएको छ । उहाँको मस्तिष्कमा भएको दवाव कम गर्न उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । जर्जियाको घरमा लडेपछि भएको रक्तश्रावका कारण उहाँको मस्तिष्कमा दवाव सृजना भएको जनाइएको छ ।

९५ वर्षिय कार्टरको इमोरी युनिभर्सल हस्पिटल जर्जियामा उपचार भइरहेको जनाइएको छ । केही दिन अगाडि पनि आफ्नै घरमा लडेपछि पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई अस्पताल भर्ना गरिएको थियो । जर्जियाको आफ्नै घरमा लड्नुभएका कार्टरको हड्डी टुटेको थियो । यसपटक पनि हड्डी टुटेको जनाइएको छ ।

गत महिना ९५ बर्षमा पाइला टेक्नुभएका कार्टर अक्टोबरको पहिलो साता पनि चर्च जानका लागि तयार हुँदै गर्दा लडनुभएको थियो । उहाँलाई त्यतीबेला १४ टाँका लगाउनुपरेको थियो ।

पूर्व राष्ट्रपति कार्टर कलेजो र दिमागको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाको क्यान्सर सन् २०१५ मा निको भएको थियो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो ।

पूर्व राष्ट्रपति कार्टर यस उमेरमा पनि कुनै थकाइ महसुस गर्नुहुन्न । उहाँ निरन्तर गरिबी जनताको जीवन उकास्न काम गरिरहनुभएको छ । कार्टर र उहाकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर पछिल्लो ३६ वर्षदेखि गरिबका लागि घर बनाउँदै आउनुभएको छ ।

१ अक्टोबर १९२४ सालमा जन्मनुभएका पूर्व राष्ट्रपति कार्टर आजसम्म अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरसम्म जीवित हुने राष्ट्रपति हुनुहुन्छ । यस अगाडि जर्ज एचडब्लूबुशको निधन ९४ वर्ष १७१ दिनको उमेरमा भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com