१४ पटक सांसद जितेका न्युयोर्कका बरिष्ठ रिपब्लिकन पिटर किङ अब सांसदमा नउठ्ने


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

१४ कार्यकाल अमेरिकी संसदको प्रतिनिधिसभामा चुनाव जितेका न्युयोर्कका बरिष्ठ रिपब्लिकन राजनीतिज्ञ पिटर किङ अब सांसदमा चुनाव नलड्ने भएका छन् । होमल्याण्ड सेक्युरिटी कमिटिका पूर्वअध्यक्ष समेत रहेका उनले आगामी बर्षको चुनावमा नउठ्ने बताएका छन् ।

७५ बर्षका पिटर किङले पत्नी र छोराछोरीहरुसँगको छलफलपछि राजनीतिबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् । २८ बर्षसम्म हप्ताको ४ दिन वासिंटन डिसीमा बिताइसकेपछि अब हरेकहप्ताको आवतजावत अन्त्य गरेर घरमै बस्ने बेला भएको उनले बताएका छन् ।

 

पिटर किङसँगै न्युयोर्कका चर्चित कानुन व्यवसायी केशवराज सेडाई ।

उनले साउथ सोर लङ आइल्याण्ड डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै आएका छन् । जसमा नासु र सफोक काउन्टीसमेत पर्छ । सन् २०१८ मा उनले ५३ प्रतिशतमात्र मत ल्याएर सांसदमा निर्वाचित भएका थिए, जुन सन् १९९२ देखि उनी निर्वाचित भएको सबैभन्दा कम मत प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले राजनीतिक रुपमा भने सकृय नै रहने बताएका छन् । भाग्यशाली जीवनको अर्को खण्डमा आउने चुनौती र अवशरका लागि आफू प्रतिरक्षारत रहेको उनले बताएका छन् ।

उनले आगामी बर्ष चुनाव नलड्ने बताइरहदा यसभन्दा अगाडि प्रतिनिधिसभाका १९ रिपब्लिकन सदस्यहरुले त्यस्तो घोषणा गरिसकेका छन् । ८ डेमोक्र्याट्सहरुले पनि आगामी चुनावमा उम्मेदवारी नदिने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com