ट्रेन स्टेशनमा चुरो बेचेर जिविकोपार्जन गर्ने महिलालाई न्युयोर्क प्रहरीको हतकडी (भिडियो)


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

न्युयोर्कको बु्रकलिनको ट्रेन स्टेशनमा लामो समयदेखि चुरो बेच्दै आएकी एक महिलालाई प्रहरीले हतकडी लगाएको छ । अनलाइनमा ब्यापक शेयर गरिएको एउटा भिडियोमा प्रहरीले ब्रोडवे जंक्सन स्टेशनमा चुरो बेच्ने एक महिलालाई पक्राउ गरेको देख्न सकिन्छ । चुरो एकप्रकारको गुलियो पेस्ट्री खाद्य पदार्थ हो ।

प्रहरीले उनको चुरोहरु नियन्त्रणमा लिएपछि उनी रोइकराई गरेकी थिइन् भने केहीबेरमा नै प्रहरीले हतकडी लगाएर उनलाई पक्राउ गरेको थियो । ट्रेन स्टेशनमा विना लाइसेन्स चुरो बेचेको भन्दै ती महिलालाई विगत ५ महिनामा १० पटक अदालतमा हाजिर हुन आदेश दिइएकोमा उनी अदालतमा हाजिर नभएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सिटी काउन्सिलम्यान राफेल इस्पीनलले प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् । ती महिलाले बर्षौदेखि चुरो बेचेर जिविकोपार्जन गर्दै आएको तथा उक्त क्षेत्रमा ट्रेन चढ्नेहरुका लागि उनी परिचित रहेको र उनका कारण कुनै जोखिम नभएको सिटी काउन्सिलम्यानको भनाई छ ।

न्युयोर्क सिटीको ट्रेन स्टेशनभित्र कुनै खाना सामाग्री, सेवा र मनोरञ्ननको ब्यापार गर्न निषेध गरिएको छ । तर ट्रेनभित्र नृत्य र विभिन्न कला प्रदर्शन गर्नेहरुले यो नियमको उल्लंघन गर्दै आएका छन् । यसैबीच ट्रेन स्टेशनभित्रका ४० प्रतिशत अर्थात् ३२६ बिक्रिका स्थानहरु योबर्षको सुरुतिरै खाली गराइसकिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com