राष्ट्रपति ट्रम्प न्युयोर्कमा, भोलि भेट्रान डे परेडलाई सम्बोधन गर्ने


प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार हुने भेट्रान डे परेडलाई सम्बोधन गर्न न्युयोर्क आइसकेका छन् । अमेरिकी राष्ट्रपतिले भेट्रान डे परेडलाई सम्बोधन गर्न लागेको यो नै पहिलो पटक हो ।

परेडका लागि शनिबार राती राष्ट्रपति ट्रम्प न्युयोर्क आइपुगेका हुन् । सोमबार परेडलाई सम्बोधन गरेपछि उनले मेडिशन स्क्वायर पार्कमा स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

युनाइटेड वार भेट्रान काउन्सिलले आयोजना गर्ने यो बर्षको परेड १ सयौं परेड हो । हरेक बर्ष परेडमा राष्ट्रपतिलाई निम्ता गरिदै आएपनि त्यस्तो निम्ता स्वीकार्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएका छन् ।

परेडमा पाँचौं एभिन्युहुँदै झण्डै २५ हजारले सहभागिता जनाउने अपेक्षा गरिएको छ । सन् १९९५ मा ट्रम्पले परेडलाई २ लाख डलर डोनेशन गरेका थिए । न्युयोर्कका मेयर बिल ब्लाजिओले परेडलाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com