यसरी जोगियो सगरमाथा मुनि विस्फोट हुनै लागेको हिमताल

 

जलवायु परिर्वतनको कारण नेपाल विश्वको चौथो अति जोखिमको सुचिमा परेको छ ।  नेपालको औसत तापक्रम वृद्धि दर ०.०४ डिग्री सेल्सियस रहेको छ । तापक्रममा भएको अत्यधिक वृद्धिका कारणले एकातिर हिमनदिहरु पग्लिरहेका छन् भने अर्को तिर हिमतालमा पानीको सतह अत्याधिक वृद्धि भैरहेको छ ।

नेपालमा रहेका १४ सय ६६ वटा हिमतालहरु मध्ये २१ वटा विष्फोट हुने जोखिममा र ती मध्ये ६ वटा विष्फोट हुने उच्च जोखिममा छन् । जलवायु परिवर्तनका कारण हिमतालमा पानीको सतह अत्यधिक वृद्धि हुन गई विष्फोटनको जोखिम पनि अत्यधिक बढेको छ ।  हिमताल विष्फोटन् भए अत्याधिक मात्रामा वाढी र तथा गेग्रान आउने कारणले तल्लो तटिय क्षेत्र र खोलामा भ–ूक्षय तथा पहिरो जाने, गेग्रान थुप्रने आदी कारणले ती क्षेत्रका समुदायहरु सधै उच्च जोखिममा रहेकाछन् । जनसंख्या तथा वातावरण मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग अन्तर्गत समूदायमा आधारित बाढी तथा हिमताल विस्फोट जोखिम न्युनिकरण आयोजनाले नेपाली सेनासँग मिलेर सोलुखुम्बु जिल्लाको इम्जा हिमतालमा जमेको पानीको सतह घाटाउने काम केहि समय पहिला मात्रै सम्पन्न गरेको थियो । यसबाट ईम्जा हिमताल विष्फोटन् जोखिम न्यूनीकरण हुनुको साथै  सोलुखुम्वु क्षेत्रमा प्रत्यक्ष रुपमा करिब ८८ हजार  जनता र पर्यटक, पथ पर्दशक र भरियाहरु लाभान्वित भएका छन् ।

हिमताल र यसको सम्भावित विष्फोटन्बारे सूचना सम्प्रेषण गर्नका निम्ति स्वचालित पूर्व सुचना प्रणालीसम्बन्धि उपकरणहरु ईम्जा हिमताल वरपर जडान गर्ने कार्य यसअघिनै सम्पत्र भइसकेको छ । हिमताल वरपर जडान गरिएका यस्ता स्वचालित उपकरणहरुको माध्यमबाट डिङबोचे, पाङबोचे, फुङ्गीथाङ्का, जोरसल्ले, फाक्दिङ र घाट जस्ता ६ वटा उच्च जोखिमयुक्त वस्तीहरुमा हिमताल बिष्फोटन्को सूचना स्वचालित साईरनहरु मार्फत् सम्प्रेषण गर्ने गरिएको छ । यसले संभावित हिमताल विष्फोटन् घटनाको सूचना समयमै समुदायमा संप्रेषण गरी भौतिक तथा मानवीय क्षति न्यूनीकरणको लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।

त्यस्तै, हिमताल विष्फोटन् सम्बन्धि पूर्व सूचना प्रणालीको महत्वपूर्ण अंगको रुपमा नदीको जल मापन गर्ने उपकरणहरु ईम्जा दुधकोशी नदीको ५० कि.मि तल्लो तटिय क्षेत्रका १८ वटा महत्वपूर्ण जोखिमयुक्त स्थानहरुमा जडान गरी संचालनमा ल्याईएको छ ।यसका साथै पदयात्रीहरुको सूचना व्यवस्थापन् प्रणाली सम्बन्धि स्मार्ट कार्डको डिजाइन सम्पन्न भई प्रारुप तयार भई परिक्षण गर्ने अवस्थामा पुगेको छ । यसले खुम्बु क्षेत्रमा हिमताल विष्फोटन् वा जलवायुजन्य प्रकोपको वेला आवश्यक पर्ने सूचना छिटो छरितो उपलव्ध भै जोखिम न्यूनीकरण गर्नको लागि सहयोग गर्नेछ ।

अन्तराष्ट्रिय वोलपत्र आह्वानको सट्टा नेपाली सेना मार्फत ईम्जा हिमतालको पानीको सतह घटाउने कार्य गर्न उपयुक्त ठानी जल तथा मौसम विज्ञान विभागबाट आवश्यक पहल भएकोे थियो । बि.सं. २०७२ फागुन ४ को मन्त्रीपरिषदको निर्णयबाट नेपाल सरकारले ईम्जा हिमतालको पानीको सतह घटाउने जिम्मा नेपाली सेनालाई सुम्पेको थियो । सो निर्णय बमोजिम जल तथा मौसम विज्ञान विभाग तथा नेपाली सेनाको इन्जिनियर विभागसँग सम्झौता भई उपरोक्त कार्य बि.सं. २०७३ बैशाखबाट शुरु भई कार्तिकसम्ममा ईम्जा हिमतालको पानीको सतह ३.४ मिटरले घटाउने कार्य सम्पन्न भईसकेको छ ।

यस कार्यवाट मनसुनमा ईम्जा हिमतालवाट सरदर ३ – ४ घन मिटर प्रति सेकेण्ड वग्ने पानीको क्षमतालाइ वृद्धि गरि १५ घन मिटर प्रति सेकेण्ड पु¥याइको छ भने हिमतालको पानीको सतह ३.४ मिटर घटाइएको छ । पानीको सतह घटाउनको लागी स्थानिय स्तरमा उपलब्ध स्रोत सामाग्रीहरुको अत्याधिक प्रयोग गरी ग्यावियन, जाली र ढुङ्गाको प्रयोग गरी पानीको निकास बनाई वातावरणमा न्यूनतम क्षती हुने प्रविधिको प्रयोग गरिएको छ । यस कार्यवाट ईम्जा हिमताल विष्फोटन्को जोखिम उल्लेखनिय रुपमा घट्ेको छ ।  पुर्व सुचना प्रणालि मार्फत हिमताल विष्फोटन्को चेतावनी स्थानिय व्यक्तिहरु तथा पर्यटकहरुलाई समयमै दिने व्यवस्था मिलाए पछि पर्यटकहरु पनि ढुक्क भएका छन् । जलवायू परिवर्तनका कारण नेपालका हिमतालहरुमा जोखिम बढ्दै गएको छ ।

पुथ्वीको तापक्रम बढ्दै गएपछि हिमाल पग्लन थालेको छ । त्यसको  पहिलो प्रभाव स्वरुप हिमनदीमा पानीको बहाव बढेको छ । त्यतिमात्र होइन् जलवायू परिवर्तनका कारण हिमालको फेदीमा विस्तारै हिमतालहरु निर्माण हुदैछन् । तापक्रम बृद्धिले हिमाल मात्र होइन् हिमालको फेदी हुदै बग्ने हिमनदीभित्रको हिउ पनि पग्लदैछ । जसका कारण पहिला हिमनदी मात्र रहेको स्थानमा हिउ पग्लेका कारण विस्तारै तालको रुप लिदैछ । यस्ता तालहरुका आयतन अस्वभाविक रुपमा बढ्दैछ । तालमा पानीको घनत्व बढेपछि यसको किनारामा बढ्ने दबाबका कारण हिमतालमा जोखिम बढ्दै जाने विज्ञहरुको भनाई छ ।

हाल सम्म नेपालमा २४ वटा हिमताल विष्फोटन्का घटनाहरु भएका छन् । दुधकोशी नदीको जलाशय क्षेत्र भित्र हालसम्म तिन वटा हिमताल विष्फोटन्का घटनाहरु भैसकेका छन् ।  नेपालमा  सन् १९७७ मा नारे हिमताल विस्फोट भएको थियो यसैगरी १९८५ मा डिक्चो हिमताल र १९९८ मा नारे ताम पोखरी हिमताल विस्फोट भएको थियो ।

ईम्जा हिमताल सन् १९६० सम्म सानो पोखरीको रुपमा रहेका तालको आयतन बढेर १.२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । हिमतालमा पानीको आयतन ७ करोड ५२ लाख घनमिटर र अधिकतम गहिराई १५० घनमिटर रहेको छ भने जलवायूपरिवर्तका कारण यस्ता हिमतालहरुको संख्या बढ्दैछ । यसअघि च्छो रोल्पा ताल विस्फोटको खतरा उच्च भएपछि त्यसलाई निकास दिइएको थियो । केही अघि सोलुखुम्बु जिल्लाको इम्जा ताल फुटने हल्ला फैलियो ।

७२ सालको बैशाख १२ गते भएको भूकम्प लगतै हिमताल फुटेको हल्लाले त्यस क्षेत्रका वासिन्दामा भागदौड मच्चियो । एकातिर भूकम्पको त्रास अर्काेतिर हिमताल फुटेको हल्ला । त्रासैत्रासमा बस्न बाध्य भए सोलुखुम्बु जिल्लाको दुधकोशी नदी वरपर बस्ने वासिन्दा ।
भाग्यवश ताल फुटेको हल्ला हल्ला मात्रै बन्यो । ठूलो भूकम्पपछि ताल फुट्ने संभावना उच्च थियो । भाग्यवश ताल फुटेन र ठूलो जनधनको क्षति हुनबाट जोगियो । तर कतिपय स्थानिय भने भगवानको कृपाले इम्जा ताल नफुटने दावी गर्छन् भने कतिपय इम्जा तालको किनारा निकै बलियो भएकाले यो फुट्नै नसक्ने दाबी गर्छन ।

तर हिमतालका विज्ञहरु भने हिमाली क्षेत्रमा जलवायू परिवर्तनका कारण देखिने र नदेखिने प्रभावहरु परिरहेका छन् । देखिनेगरि हिमालहरु पग्लेका कारण हिमालहरु नाङा हुदैछन । तर तापक्रम बृद्धिले हिमताल वरपरका जमिनभित्र रहेको हिउलाई पनि विस्तारै पगाल्दै छ । जसका कारण हामीले बलियो ठानेको हिमतालको किनारा पनि त्यसभित्र रहेको हिउ पग्लेपछि बगेर जाने विज्ञहरुको दाबी छ ।
सामान्य मानिसलाई लाग्नसक्छ, यति ठूलो जमिनको किनारा भएको हिमताल कसरी फुटनसक्छ ? तर यथार्त अलि फरक छ । यी किनारको केही मिटर तल हिउ नै हिउ भरिएको छ । तापक्रम बद्धिका कारण हिउ पनि विस्तारै पग्लदै छ । जब हिमतालमा पानीको मात्रा बढ्नथाल्छ तब यसको दबाब तालको किनारामा पनि बढ्न थाल्छ तर बाहीर बलियो देखिने किनारा भित्रको हिउ पग्लेका कारण कुनै पनि बेला बग्ने खतरा हुन्छ ।
यसरी  हिमताल विष्फोटन्का घटना हुदा ठुलो जनधनको क्षति हुनेछ । त्यसैले समयमै हिमताल विष्फोटन्को जोखिम न्यूनीकरण गर्न आवश्यक छ । जल तथा मौसम विज्ञान विभागले सन् २००० मा च्छो रोल्पा हिमतालको पानिको सतह ३ मिटरले घटाएकोे थियो ।
हिमताल भनेकै  हिउ र पानीको मिश्रण हो । बाहीर हिउले ढाकेपनि त्यसभित्र पानी बगिरहेको हुन्छ ।  त्यसैले विशेष गरेर गर्मी याममा हिमतालको सतह  हिउले ढोकेपनि यो कुनै पनि बेला फुटने डर हुन्छ । यो सोलखुम्बुको इम्जा हिमताल हो जहां हामीले पुवर्ए जानकारीको अभावमा जमेको पानी माथि पैदल यात्रा गर्यौ । जानकारहरुका अनुसार यसो गर्नु आफैमा जोखिमपुर्ण थियो । यद्यपी हामी भने जिवन बचाउन सफल भयौ ।

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

 

Like us on Facebook
Close
Please Like us
By clicking any of these buttons you can like us.
error: Content is protected !!