पोग्बा म्यान्यू छाडेर रोनाल्डोसँग खेल्न चाहान्छन्


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

फ्रान्सका विश्वकप विजेता पल पोग्बा इंग्लीस क्लव म्यानचेस्टर यूनाइटेड छाडेर पूर्व क्लव यूभेन्ट्सबाट खेल्न चाहान्छन् ।

टुटो स्पोर्ट्सका अनुसार पोग्बा म्यान्यूमा खुशी छैनन् । पोग्बाले हालै राष्ट्रिय टोलीका केहि सहकर्मीसँग म्यान्यू छाडेर आफ्नो पूर्व क्लव इटालिएन युभेन्ट्स जाने इच्छा व्यक्त गरेका थिए ।

हालै सम्पन्न विश्वकपमा पोग्बाले आफ्नो राष्ट्र फ्रान्सलाई विश्वकप जिताउन उल्लेखनीय भूमिका खेले । उनका पूर्व क्लव युभेन्ट्समा यतिबेला विश्व स्टार क्रिस्टियानो रोनाल्डोपनि आबद्ध भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com