अवैध रुपमा वालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

अवैध रुपमा वालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसीकोट नगरपालिका–१, बागबजारमा सञ्चालित नरसिङ हिमालय अनाथ बालगृहबाट जुम्लाका २४ र रुकुम पूर्वका ९ जना बालबालिकाको उद्दार गरिएको हो । बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् ।

शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्दार गरी घर फर्काएका हुन् । जुम्लाका २४ जना बालबालिका महिला तथा बालबालिका कार्यालय जुम्लाका निरीक्षक हर्क महतले बुझेका छन् ।

उनले शनिबार नै सबै बालबालिकालाई गाडी चढाएर जुम्ला हिँडाइसकेकाको रुकुमका वालअधिकार अधिकृत मानविर ओलीले बताएका छन् । रुकुम पूर्वका ९ बालबालिका भने जिल्ला बाल कल्याण समितिका संरक्षणमा छन् । अभिभावकलाई बोलाइएको र उनीहरु आएपछि बालबालिका जिम्मा लगाइने जिल्ला बाल अधिकार अधिकृत ओलीले बताए । जुम्लाको पातारासी गाउँपालिकाका १ र २ नम्वर वडाका २४ बालबालिका गत बैशाख महिनादेखि सो बालगृहमा बस्दै आएका थिए । पातारासी गाउँपालिका–१, का २० र २ नम्वर वडाका ४ जना बालबालिकालाई पठन पाठन गराउन भन्दै बालगृहले ल्याएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com