६ वर्षका बालकको एक वर्षको कमाई एक अर्ब


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

एउटा ६ वर्षको बालकले कति कमाउला ? तपाईँलाई लाग्न सक्छ ६ वर्षको बालकले पनि के कमाउला र ? साधारणतया ६ वर्षका बालकले के काम गर्न सक्छन् र ? तर बालक रेयानले हरेक हप्ता यूट्यूबमा खेलौनाको रिभ्यू गर्छन् । रिभ्यू गरेबापत उनलाई राम्रै पैसा पाउने गर्छन । रेयानले गएको वर्ष ११ मिलियन डलर कमाएका थिए । यो रकम झण्डै एक अर्ब नेपाली रुपैयाँ बराबर हो । ६ वर्षीय रेयान इन्टरनेटमार्फत सबैभन्दा बढी पैसा कमाउनेहरुको सूचिमा परेका छन् । उनले रेयान टोयज् रिभ्यू नामक एक यूट्यूब च्यानल चलाउँछन् ।
उनले यसमा विभिन्न खेलौनाका बारेमा समीक्षा गरेका हुन्छन् । उनका भिडियो करोडौं पटक हेरिएको छ । उनलाई फोब्र्स म्यागेजिनले सन् २०१७ मा इन्टरनेटमार्फत सबैभन्दा बढी पैसा बुझ्ने स्टारको सूचिमा राखेको छ । मार्च २०१५ मा सुरु भएको रेयान टोयज् रिभ्यूको भिडियो अहिलेसम्म १६ अर्बभन्दा बढी पटक हेरिएको छ । रेयान विश्वभर प्रसिद्ध छन् तर उनको पूरा नाम धेरैलाई थाहा छैन । केबल उनी अमेरिकी भएको कुरा सार्वजनिक भएको छ । हालसालै वासिंगटन पोस्टसँगको अन्तर्वार्तामा रेयानकी आमाले भनेकी छिन्, ‘रेयान तीन वर्षको उमेरदेखि नै खेलौनाको रिभ्यू हेर्ने गथ्र्यो । उसले खेलौनाको बारेमा जानकारी दिने च्यानलहरु खुबै हेर्ने गथ्र्यो ।रेयानकी आमाले आफ्नो परिचय खुलाउन अस्वीकार गर्दै भन्छिन्, ‘एक दिन रेयानले मसँग अरु बच्चाजस्तै आफू किन यूट्यूबमा छैन भनेर सोध्यो । मैले उसलाई भने कि हामी पनि यो गर्न सक्छौँ । हामी खेलौनाको एउटा पसलमा गयौँ । एउटा लिकसहितको खेलौना रेल हामीले किन्यौँ । यहीँबाट सुरु भयो ।रेयानको एउटै भिडियो ८० करोडभन्दा बढी पटक हेरिएको छ । २०१५ मार्चमा सुरु भएको उनको च्यानलमा अहिले एक करोडभन्दा बढी सब्सक्राइबर्स रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com