‘अमेरिकामा नेपालीले अब शरण नपाउने कुरा सत्य होइन’- खगेन्द्र जीसी


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

अमेरिका नेपालीलाई शरण दिन नसकिने भन्दै पुनरावेदन अदालतले गरेको फैसला सम्बन्धि समाचार आइरहदा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले सेकेण्ड सर्किट कोर्टको यो फैसलाबाट अमेरिकामा रहेका नेपालीका एसाइलमका अन्य मुद्दा प्रभावित नहुने बताउनुभएको छ । कोर्ट अफ अपिल फर द सेकेण्ड सर्किट कोर्टको फैसला एकजना व्यक्तिको हकमामात्र लागु हुने र अरुका हकमा केस अनुशार फैसला हुने उहाँले बताउनुभएको छ । कोर्ट अफ अपिलमा अस्वीकृत उक्त मुद्दाको प्रतिनिधित्व आवेदकका तर्फबाट खगेन्द्र जीसीले गर्नुभएको थियो ।

खगेन्द्र जीसीसँगको कुराकानीको भिडियो ।

के हो नेपालीलाई एसाइलम नदिइएको सेकेण्ड सर्किट कोर्टको निर्णय ? फैसलाको पूर्णपाठ यहाँ उपलब्ध छ । डाउनलोड गरेर पढ्न यहाँ क्लिक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com