प्रवासी बच्चाहरुको तस्बिरले अमेरिकामा बढ्यो विवाद, के ट्रम्पले नियम बदल्नेछन् ?


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

अमेरिकामा प्रवासीहरुको प्रवेशलाई रोक लगाईको मुद्दा र यससँग जोडिएका विवाद घट्नुको साटो बढ्दो छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रवासीका बच्चाहरुलाई उनीहरुका आमाबुवासँग टाढा राख्ने निर्णयको बचाउ गर्दै यदि देशमा अवैध रुपमा छिर्ने आमा–बुवालाई जेलको सजायँ हुन्छ भने बच्चाहरुलाई उनीहरुबाट टाढा राख्नुपर्छ ।

यसअघि उनले एक ट्वीटमा भनेका थिए, ‘समस्याको जड डेमोक्रेट्स हो जो देशमा कानून व्यवस्थाबारे केही सोच्दैनन् र प्रवासीलाई संक्रमणजस्तै अमेरिकामा फैलियोस् भन्ने चाहन्छन् । उनीहरु आफ्नो खराब नीतिका कारण जित्न सक्दैनन् र प्रवासीलाई सम्भावित भोटबैंकको रुपमा हेर्छन् ।’

त्यसपछि अर्को एक ट्वीटमा उनले लेखे, ‘देशभित्र अवैध तरिकाले छिर्नेहरुलाई हामीले रोक्नुपर्छ । देशभित्र आउने १२ हजार प्रवासी बच्चामध्ये करिब दुई हजारमात्र आफ्नो अभिभावकसँग बस्छन् ।’

अवैध प्रवासीका बच्चाहरुलाई उनका आमा–बुवासँग अलग्गाएको घटनापछि अमेरिकामा ट्रम्प प्रशासनको कडा आलोचना भइरहेको थियो । त्यसपछि अब ट्रम्पले यसमा निकै ठूलो परिवर्तन गर्ने तयारीमा भएको बताए ।

यसबारे उनी चाँडै नै आफ्ना रिपब्लिकन पार्टीका सदस्यसँग बैठक पनि बस्दैछन् ।

हालै ट्रम्पले अमेरिकी सीमामा अवैध प्रवासीहरुलाई प्रवेशमा रोक लगाउनका लागि कडा नियम लागू गरेका थिए ।

के हो विवादित कानून ?

यस नियम अनुसार अवैध तरिकाले प्रवेश गर्नेहरुमाथि आपराधिक मुद्दा दर्ता गरेर उनीहरुलाई जेल सजायँ तोकिन्छ । यस्तख प्रवासीलाई उनीहरुको बच्चासँग पनि भेट्न दिइन्नँ ।

यी बच्चाहरुको हेरबिचार अमेरिकाको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्यूमन सर्भिसेज’ ले गर्छ । यसअघि आवश्यक कागजातबिना पहिलो पटक सीमामा आउने प्रवासीलाई अदालतमा बोलाइन्थ्यो ।

ट्रम्प प्रशासनका अनुसार समन पठाएपनि यी प्रवासी कहिले पनि अदालतमा पेश हुँदैनथे त्यसकारण उनीहरुमाथि सिधा आपराधिक मुद्दा दर्ता गर्ने नियम लागू गरिएको छ ।

 

नाजी यातना शिविरसँग तुलनाः

ट्रम्प प्रशासनको यो नियममाथि विवाद त्यतिबेला बढ्यो जब जंजिर लगाइएको पर्खालपछाडि प्रवासीका बच्चाहरुको केही तस्बिर मिडियामा छाए ।

यी तस्बिर देखेर बच्चाका लागि बनेका यी केन्द्रको तुलना नाजी यातना शिविरसँग गर्न थालियो । अमेरिकाको अटोर्नी जनरल जेफ सेशंन्सले यो तुलनामाथि कडा असन्तुष्टि जनाएका छन् ।

उनका अनुसार निकै बढाईचढाई कुरा गरिएको छ । आफूहरुले कानून लागू गरेको उनले बताए ।

अमेरिकाका एक कानून अधिकारीले टेलिभिजन च्यानल फक्स न्यूजसँग सरकारको ‘जिरो टोलरेन्स पोलिसी’ देशको सीमामा सुरक्षालाई ध्यानमा राखेर लागू गरिएको हो ।

दुई हजार तीन सय ४२ बच्चा आमाबुवाबाट अलग भएः

अमेरिकी सरकारको आँकडा अनुसार मे ५ देखि जून ९ का बीच दुई हजार तीन सय ४२ प्रवासी बच्चाहरु आमाबुवाबाट अलग भइसकेका छन् ।

मेक्सीकोका विदेशमन्त्री लुई विदेगारा कासोले बच्चालाई उनको परिवारबाट अलग गर्नु क्रुर र अमानवीय भएको बताएका छन् । उनले अमेरिकाको यो कदम निश्चित रुपमा मानवाधिकारको उल्लंघन भएको बताए ।

ट्रम्पको बहसः

यसअघि डोनल्ड ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीका सदस्यमाथि उनको काममा बाधा पुर्याएको आरोप लगाएका थिए ।

उनले प्रवासीका लागि बनाइएको आफ्नो ‘जिरो टोलरेन्स पोलिसी’ को बचाउ पनि गरेका थिए । ट्रम्पले यो पनि भनेका थिए कि यूरोपेली देशले लाखौं प्रवासीलाई आफ्नो देशमा स्थान दिएर ठूलो गल्ती गरेका छन् ।

ट्रम्पले भनेका थिए, ‘बाँकी देशमा जे भइरहेको छ, त्यो अमेरिकामा पनि होस् भन्ने म चाहन्नँ । तपाईं बिहान आउने पत्रिका उठाउनुहोस् र अन्य देशमा के भइरहेको छ, त्यो हेर्नुहोस् ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com