सुमोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ११, २०७५ मंगलबार

वैशाख ११, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका(१५ डुमरवानामा टाटा सुमोको टक्करबाट एक जनाको मृत्यु भएको छ। डुमरवानाबाट सिमरातर्फ आउदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले बिपरीत दिशातर्फ जादै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा स्थानीय नन्दु चौधरीको मृत्यु प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका लागी बिरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ रेफर गरिएको थियो । उनको काठमाण्डौ लैजाने क्रममा बाटोमै मृत्यु ईलाका प्रहरी कार्यालय सिमराले जानाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com