मासाचुसेट्समा नेपाली टीपीएसहोल्डर ५१३


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

अमेरिकाभर झण्डै १५ हजार नेपालीहरुले टीपीएस प्राप्त गरेकोमा मासाचुसेट्मा मात्र नेपाली टीपीएस होल्डरहरु ५ सय १३ जना रहेका छन् । मासाचुसेट्स इमिग्रेशन एण्ड रिफ्युजी एड्भोकेसी कोलिसनले युएससीआईएसका अधिकारीहरुसँगको कुराकानीदेखि विभिन्न सरकारी श्रोत उपयोग गरेर यो संख्या निकालेको हो ।

कँग्रेशनल रिसर्च सर्भिसका अनुशार अमेरिकामा टीपीएस पाएका नेपालीहरुको संख्या १४ हजार ७ सय ९१ रहेको छ । नेपालीको टीपीएसको अवधि थपिएको खण्डमा ८ हजार ९ सय ५० जनाले रिन्यु गराउने अपेक्षा गरिएको छ ।

खसोखासको एक रिसर्च अनुशार अमेरिकामा नेपालीको टीपीएस रिन्यु नभएमा झण्डै १५ सय नेपालीहरु सिधै देशनिकालाको प्रकृयामा जानेछन् । किनभने उनीहरुले पहिले नै अदालतबाट देशनिकालाको आदेश पाइसकेका छन् । तर उनीहरुलाई देशनिकाला हुनबाट टीपीएसले संरक्षण प्रदान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com