ठूलो मात्रामा अवैध घरेलु मदिरा नष्ट


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

फागुन ५, विराटनगर । विराटनगरमा प्रहरीले पूर्वाञ्चल क्षेत्रमा मदिराको गैरकानुनी उत्पादन र बिक्री वितरणमा कडाइ गरेको छ। शान्तिसुरक्षामा असर गर्न थालेपछि मदिरा उत्पादन, बिक्री वितरण र तथा ओसारपसारमा कडाइ गरिएको हो।

‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत शुक्रबार विभिन्न स्थानबाट तयारी मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार मोरङको विराटनगर १७ स्थित रानी एरियाबाट ५ सय लिटर घरेलु मदिरा बरामद भएको छ। होटल तथा पसलहरुमा चेकजाँचका क्रममा अवैध रुपले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि मदिरासहित ४१० थान भाँडा र ४ हजार ८ सय लिटर कच्चा पदार्थ बरामद भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यसैगरी, झापाको बुद्धशान्ति गाउँपालिका–४ वाट ३५० किलो मदिरा बनाउने मर्चा ९कच्चा पदार्थ० बरामद भएको छ। सवारी चेकजाँच गर्दा चारआलीबाट इलामतर्फ जाँदै गरेको मे१ज ५२२ नम्बरको सफारी ट्याक्सीबाट मर्चा बरामद भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

प्रहरीले मर्चासहित बुद्धशान्ति गाउँपालिका– १० का चन्द्रकुमार चेम्जोङलाई नियन्त्रणमा लिएको छ।

भारतीय क्षेत्रमा मदिरा बिक्री वितरण र सेवनमा बन्देज लगाएपछि नेपालतर्फ मदिरा उत्पादन र बिक्री वितरण बढेको स्थानीयहरुले जनाएका छन्। बिहार सरकारले मदिरा सेवन र बिक्री वितरण समेतमा प्रतिबन्ध लगाएपछि सो क्षेत्रका मानिसहरु मदिरा सेवनकै लागि नेपाल आउन थालेको उनीहरुले जानकारी दिए। जसका कारण पूर्वाञ्चलका सप्तरी, सुनसरी,

मोरङ लगायतका सीमा आसपासमा अवैधानिक रुपमा मदिरा पसल सञ्चालन हुने क्रम बढेको छ। यसले सुरक्षामा चुनौती थपेको स्थानीयहरु बताउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com