हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

फागुन ३ भोजपुर । भोजपुर जिल्लामा हात्तीपाइले ९फाईलेरिया० रोग विरुद्धको औषधी खुवाइने भएको छ ।

हात्तीपाइले रोग निवारण समन्वय समितिको आज बसेको बैठकले फागुन १२, १३ र १४ गते औषधि खुवाउने निर्णय गरेको हो । यस वर्ष भोजपुरमा एक लाख ५० हजार ४०० लाई औषधि खुवाइन लागेको जनस्वास्थ्यका फोकल पर्सन विनोद मिश्रले जानकारी दिए । यसमा ८० हजार ७७ महिला र ७० हजार ४१७ पुरुष रहेका छन् ।

औषधि खुवाउनका लागि एक हजार १०३ स्वयम्सेविका परिचालन गर्नाका साथै औषधि सेवनपछि आउने तत्कालीन असर समाधानका लागि कार्यालयले ४३५ जना स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गर्ने भएको छ ।

यसैबीच, भोजपुरमा हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम यस वर्ष आठौँ चरणमा पुगेको छ ।
स्रोत-रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com