अमेरिकामा कागजपत्रविहिनलाई काममा लगाउनेलाई ४४७३ डलर जरिवाना


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

अमेरिकामा कागजपत्रविहिनहरुलाई काममा लगाउनेमाथि अब ४४ सय ७३ डललरसम्म जरिवाना हुनसक्नेछ । यो रकम बढाएर ४४ सय ७३ पुर्याइएको हो । कागजपत्रविहिन रहेको जानाजानी काममा लगाउनेलाई अब ५ सय ५९ देखि ४४ सय ७३ डलरसम्म जरिवाना हुने जनाइएको छ ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले बिजनेशमा छापा मारिसकेपछि काममा लगाइएकाहरु कागजपत्रविहिन भए नभएको जाँच गर्छ । उनीहरुको आई ९ फर्म जाँच गरिसकेपछि यदि कागजपत्रविहिनहरुलाई काममा राखिएको पाइएमा आइसले कामदारलाई नियन्त्रणमा लिएर रोजगारदातालाई कारवाहीको प्रकृया चलाउँछ ।

आइसले शंकास्पद कागजातबारे सुचना जारी गरिसकेपछि रोजगारदाताले काममा राखिएको व्यक्तिका अद्यावधिक र नयाँ कागजात पेश गर्न सक्छ । तर यदि पेश गर्न नसकेमा त्यस्तो रोजगारदातालाई एक कामदार बराबर ४ हजार ४ सय ७३ डलरसम्म जरिवाना हुनसक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com